गण्डकी प्रदेशमा थपिए ९ संक्रमित, कुल संक्रमितको संख्या १०८८
पोखरा, २० असार । गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक जारी गरेको विज्ञप्तिअनुसार नयाँ संक्रमण पुष्टि हुनेमा गोरखाका ५ जना र कास्कीका ४ जना छन् ।
योसँगै गण्डकी प्रदेशमा कुल संक्रमित व्यक्तिको संख्या १०८८ पुगेको छ ।

यसअघि आज विहान मात्र पोखराका २ सहित १६ जनामा संक्रमण पुष्टि भएको थियो ।