scheduleबुधवार श्रावण २८ गते, २०७७

हेलिकोप्टरबाट उद्धार गरिएकी गर्भवतीको शल्यक्रिया सफल

सिन्धुपाल्चोक, २० असार ।  सिन्धुपाल्चोकको खाडीचौरबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी महिलाको शल्यक्रिया सफल भएको छ । काठमाडौंँको ह्याम्स अस्पतालमा शुक्रबार सांँझ शल्यक्रियाबाट शिशु जन्माइएको हो ।

खाडीचौरस्थित सदाबहार अस्पतालका चिकित्सकले लिंसखुपाखर गाउँपालिका ७ की २४ वर्षीया निशा तामाङको शल्यक्रिया गर्न खोज्दा पाठेघर र पिसाबथैली जोडिएको भेटिएपछि हेलिकोप्टरबाट काठमाडौँ पठाइएको थियो ।

उनी बिहीबार नै सुत्केरी हुनका लागि सदाबहार अस्पतालमा भर्ना भएकी थिइन् । शिशु र आमाको अवस्था सामान्य रहेको सदाबहार अस्पतालका डा रोशन थापाले बताए । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय