scheduleबुधवार श्रावण २८ गते, २०७७

टिपर दुर्घटनामा दुईको मृत्यु

प्युठान, २० असार । प्युठानमा शनिबार टिपर दुर्घटना हुँदा दुई जनाकोे मृत्यु भएको छ ।

नौबहिनी गाउँपालिका वडा नं ८ लुफ्लुङबाट दाङको कालाकाटेतर्फ चुनढुङ्गा लिएर जाँदै गरेको ना ७ ख ८९३८ नं को टिपर सरुमारानी गाउँपालिका वडा नं ६ मोतीपुरमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी टिपर चालक ३० वर्षीय रोशन थापा र सहचालक ३५ वर्षीय झगबहादुर पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।

सडकदेखि करीब ६ सय मिटर तल माडी खोलामा खसेको सो टिपर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय