scheduleबिहिवार श्रावण २९ गते, २०७७

प्रदेश १ मा थप ३८ जनामा संक्रमण, संक्रमितको संख्या ६५३ पुग्यो

विराटनगर, २० असार । प्रदेश नं १ मा शुक्रवार ३८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसरी संक्रमित हुनेहरुमा चार महिला र ३४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार झापामा २८, मोरङ र उदयपुरमा पाँच/पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

झापाको मेचीनगरमा १४, हल्दीबारीमा तीन, अर्जुनधारामा दुई महिलासहित आठ, विर्तामोडमा एक महिला, कनकाईमा एक महिलासहित दुई, मोरङको विराटनगरमा तीन, बेलबारी र बूढीगङ्गामा एक/एक, उदयपुरको वेलकामा पाँच जनामा संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ । यो सँगै प्रदेशमा संक्रमितको संख्या ६५३ पुगेको छ ।

यस्तै प्रदेशबाट शुक्रवार ६ जना संक्रमितको निको भई घर फर्केका छन् । घर फर्कनेमा मोरङका चार र सुनसरीका दुई जना रहेका छन् । प्रदेशमा निको हुने संक्रमितको संख्या ४०६ पुगेको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय