scheduleबिहिवार आश्विन १५ गते, २०७७

सरोज खानलाई सम्झिदै भावुक भए शाहरुख र काजल

एजेन्सी । बलिउडमा केही समय यता एक पछि अर्को चर्चित कलाकारको मृत्युले उद्योग नै शोकमा डुबेका छन् । लगातर प्रतिभावशाली कलाकार गुमाएकामा बलिउड उद्योगले ठुलो घाटा व्यहोरेका छन । इरफान खान, ऋषि कपुर, वाजिद खान र सुशांत सिंह राजपुतको निधनले शोकको पिडाबाट अहिले सम्म बाहिर निस्केको छैन् । बलिउडनगरीमा शन्नाटा छाएको छ । अहिले बलिउडको पुरानो तथा सवार्धिक लोकप्रिय कारियोग्राफर सरोज खानको निधन भएको छ । उनको निधनमा उनको फ्यान तथा कलाकारहरु अहिले सोशल मिडिया मार्फत श्रद्धांजलि दिइरहेको छन ।

शाहरुख खान सरोज खानको निधन प्रति शोक व्यत्त गर्दै भावुक भएका छन् । उनले सामाजिक संजाल ट्टिरमा एक पोष्ट गर्दै लेखेका छन ‘मेरो पहिलो बास्तविक गुरु । जसले मलाई घन्टौं सम्म नेतृत्व सिकाए । उनी असल तथा प्रेरणदायक व्यक्ति मध्ये एक हुन । सरोज जी तपाईको याद आउछ । अल्लाह तपाईको आत्माको शांन्ति दिउँन’

त्यस्तै काजोलले पनि सरोज खानको निधन प्रति भावुक हुदैं इंस्टाग्रामा एक पोष्ट लेखेकि छिन् ‘सबै भन्दा प्रतिभाशाली कोरियोग्राफरलाई श्रद्धांजलि । उनले मलाई धेरै नेतृत्वका तरिका सिकाउनु भयो जसलाई मेलै सधै लागु गरिरहे । उनले जे चाहनु हुन्थ्यिो त्यो उहाँको अनुहारमा देखिन्थ्यिो । लव यू सरोर जी तपाईको आत्मा लाई शांन्ति मिलोस् ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय