scheduleमगलवार श्रावण २० गते, २०७७

बझाङ पहिरोमा बेपत्ता भएका ६ जनाको शव भेटियो

धनगढी, २० असार । बझाङको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा गएको पहिरोमा पुरिएका ६ जनाको शव निकालिएको छ।

एकै घरका ४३ वर्षीया रामतीदेवी जेठारा, १६ वर्षीया शान्तिकुमारी जेठारा, १३ वर्षिय प्रयाग जेठारा र ७ बर्षीया बालिका अष्मिता जेठाराको शव भेटिएको छ। त्यस्तै १५ वर्षीया बालिका सन्तु जेठारा र ८१ वर्षीय दले जेठाराको पनि शव भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

पहिरोमा बेपत्ता भएका २० वर्षीय गिरी जेठारा अझै बेपत्ता रहेका छन्। शुक्रबार राति वर्षासँगै गाउँमाथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका–८ को मल्लेसीका २० घर बगाएको  थियो ।

स्थानीयका २२ वटा भैँसी, ६५ वटा बाख्रा र २४ वटा गाइगोरु पनि पहिरोले बगाएको छ। ६५ घर परिवार बस्दै आएको बस्तीको बीच भागबाट पहिरो गएपछि गाउँ नै जोखिममा परेको स्थानियले बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय