scheduleशनिवार श्रावण २४ गते, २०७७

बझाङ पहिरो अपडेट : बेपत्ता सातै जनाको शव भेटियो

बझाङ, २० असार । बझाङमा आज बिहान गएको पहिरोमा पुरिएर बेपत्ता भएका सात जनाकै शव भेटिएको छ । पहिरोका कारण १८ घर पूर्ण रुपमा बगाएको र दुई वटा घरमा क्षति पुगेको स्थानीयले बताएका छन् ।

मृतकको सनाखत भइनसकेको बझाङका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले जानकारी दिए । आज बिहान दुइ बजेतिर गएको पहिरोले क्षति भएको हो ।

पहिरोमा बेपत्ता भएको आशंका गरिएका २८ जना भने गाउँलेको सम्पर्कमा आएका छन् । गाउँमा ४० परिवारको बसोबास रहेको छ । पहिरो गएको गाउँमा उद्धारमा नेपाल प्रहरी, नेपाली सेनाको टोली र स्थानीय खटिएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय