scheduleशनिवार श्रावण २४ गते, २०७७

प्रधानमन्त्री पुगे शितलनिवास, मन्त्रीहरु बालुवाटार जाँदै

काठमाडौं, २० असार । नेकपा स्थायी कमीटी बैठक दुई दिन पछाडि सारेर पार्टी एकताको नयाँ सुत्र खोज्ने तयारी भैरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली आकस्मीक रुपमा राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् ।

यद्यपि उनको यो नियमित भेटघाट मात्रै हो भनिएको छ । तर, प्रधानमन्त्री शितल निवास पुगे लगत्तै मन्त्रीहरुलाई बालुवाटार बोलाइएको छ । साँझ ७ बजे मन्त्रीहरुलाई बालुवाटार बोलाउनु र दिउसो बैठक स्थगित गरेर अहिले राष्ट्रपति कार्यालय जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेकपा भित्रको विवादमा नयाँ नयाँ सुत्रको खोजी भैरहेकाबेला प्रधानमन्त्रीको यो दौडधुपलाई सामान्य मात्रै भन्न नसकिने नेकपा नेताहरुको बुझाई छ । प्रचण्ड-नेपाल गठबन्धनलाई तर्साउन मात्रै ओलीको दौडधुप नभै नयाँ खेल शुरुहुन सक्ने अनुमान गरिएको छ । ओलीले यस अघि अर्का अध्यक्ष प्रचण्डलाई खुलेरै आफुले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै नछाड्ने बताईसकेका छन् ।

यद्यपि ओलीले पार्टी अध्यक्ष नछाड्ने तर प्रधानमन्त्रीबाट राजीनामा दिएर माधव नेपाललाई प्रधानमन्त्री र बामदेबलाई प्रधानमन्त्री पछिको रोजेको मन्त्रालय दिने बारे पनि निकटहरुसँग छलफल गरेको बुझिएको छ । यसो गर्दा पार्टीको कमाण्ड र सरकारको नेतृत्व दुबै आफुहरुसँग रहने त्यसपछि प्रचण्डलाई एक्ल्याउन सजिलो हुने तर्क समेत उठेको छ ।

प्रधानमन्त्री ओलीले नेपाल र गौतमलाई जसरी पनि फकाउने रणनिती स्वरुप दुई दिनको समय मागेको तर नेपाल गौतम अब ओलीसँग बस्न नसक्ने निश्कर्षमा पुगेको नेकपाभित्रको आ-आफ्नै बुझाई छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय