scheduleबिहिवार श्रावण २९ गते, २०७७

नर्विचको मैदानमा ब्राइटनको जीत

काठमाडौं, २० असार । इंग्लिस प्रिमियर लिगअन्तर्गत ३३औं चरणको पहिलो खेलमा ब्राइटनले जीत निकालेको छ । नर्विच सिटीको घरेलु मैदान क्यारो रोडमा भएको खेलमा ब्राइटनले नर्विचलाई १-० ले हराएको हो ।

ब्राइटनको जीतमा लियान्ड्रो ट्रोसार्डले एकमात्र गोल गरे । खेलको २५ औं मिनेटमा गरेको एकमात्र गोल नै ब्राइटनको जीतका लागि पर्याप्त रह्यो ।

जीतसँगै ३३ खेलबाट ३६ अंक जोडेको ब्राइटन लिग तालिकाको १५औं स्थानमा यथावत् छ भने पराजित नर्विचको समान खेलबाट २१ अंक मात्र रहेको छ र तालिकाको पुछारमा रहेको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय