scheduleआइतवार श्रावण २५ गते, २०७७

ब्राजिलले दियो कोरोनाविरुद्धको चीनियाँ खोपको परीक्षण अनुमति

एजेन्सी, २० असार । ब्राजिल सरकारले कोरोना भाइरस विरुद्धको चीनियाँ खोपको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ । ब्राजिलको नियमित स्वास्थ्य जाँच संस्थानले चीनले विकास गरेको कोरोना भाइरस विरुद्धको खोपको क्लिनिकल परीक्षणको अनुमति दिएको हो ।

यस क्लिनिकल परीक्षणमा चीनको सिनोभेक र ब्राजिलको एक औषधि उद्योग सहभागि हुने छन् । ब्राजिलको ६ राज्यमा चीनले विकास गरेको खोपको परीक्षण हुने जनाइएको छ । ब्राजिल विश्वकै दोस्रो कोरोना प्रभावित मुलुक हो ।

जहाँ हालसम्म कोरोना भाइरसका कारण १५ लाख ४५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् भने ६३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय