scheduleमगलवार श्रावण २० गते, २०७७

सवा घण्टा शितल निवासमा खर्चिएर बालुवाटार फर्किए प्रधानमन्त्री

फाइल फोटो

काठमाडौं, २० असार । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवन शितल निवासमा सवा घण्टा बिताएर बालुवाटार फर्किएका छन् । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत ओली र राष्ट्रपति विद्या भण्डारीबीच शुक्रबार अपरान्ह भएको लामो कुराकानीमा के कुरा भयो भन्ने बारे केही खुलाइएको छैन ।

यता बालुवाटारमा प्रधानमन्त्रीले मन्त्री र राज्यमन्त्रीहरुलाई बोलाएका छन् । मन्त्रिपरिषद बैठक नबोलाइएको पनि प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

पार्टीभित्र विवाद उत्कर्षमा पुगेको र बहुमत नेताहरुले अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्न दवाब दिइरहेको बेला ओली पटकपटक शितलनिवास धाइरहेका छन् ।

पछिल्लो समय जारी स्थायी समिति बैठक पनि स्थगित गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय