scheduleशनिवार श्रावण २४ गते, २०७७

खुमलटारमा ६ सचिवालय सदस्यहरुबीच छलफल, ओलीलाई गलाईछाड्ने रणनीति

काठमाडौं, २० असार । सत्तारुढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा मन्त्रीहरु बोलाएर आफू शितल निवासमा सवा घण्टा समय बिताइरहेका खुलमटारमा पनि छलफल चलिरहेको थियो ।

शनिबार अपरान्ह अर्का अध्यक्ष प्रचण्डको निवासमा नेकपाका ६ जना सचिवालय सदस्यहरु छलफलमा जुटेका हुन् । खुमलटार स्रोतका अनुसार बैठकले कुनै पनि हालतमा ओलीलाई गलाउने तर पार्टी फुट्न नदिने निचोड निकालेको छ ।

भेलामा सहभागी नेताहरुले ओलीले संख्या र विचार दुवैमा पराजित भएपछि राष्ट्रपति संस्थाको बदनाम गराइरहेको र अरुलाई अत्याउन पनि राष्ट्रपति निवास धाइरहेको निष्कर्ष निकालेका छन् ।

‘मुर्खदेखि दैव दुहाईको अवस्था छ, तर यो उखानको सार्थकता हाम्रो पार्टीको सन्दर्भमा अब लागू हुँदैन,’ बैठकमा सहभागी एक नेताले भने ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय