scheduleशनिवार श्रावण २४ गते, २०७७

बालुवाटार बैठकमा ओलीको ब्रिफिङ- पार्टी एकता गम्भीर अवस्थामा पुग्यो, आफ्नो पक्ष रोज्नुस्

काठमाडौं, २० असार । प्रधानमन्त्री केपी ओलीले शनिबार साँझ बालुवाटारमा बोलाएको राज्यमन्त्रीसहितको बैठक सकिएको छ ।

प्रधानमन्त्री ओली राष्ट्रपति निवासबाट फर्किएसँगै सवा सात बजेबाट सुरु भएको बैठकमा प्रधानमन्त्री ओलीले पार्टी एकता गम्भीर अवस्थामा पुगेको ब्रिफिङ गरेका छन् ।

बैठकको केही समयमा मन्त्रीद्वय रामबहादुर थापा बादल र वर्षमान पुन अनन्त बाहिरिएका थिए ।

पछिल्लो अवस्थाबारे ब्रिफिङ गरेका ओलीले पार्टी फुट्न सक्ने संकेत गर्दै आफ्नो अनुकूलतामा आगामी बाटो छान्न सुझाव दिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।

उनले आवश्यक परेमा सबैले मुख खोल्नुपर्ने र त्यसका लागि सोच्न समय दिन्छु भनेको ती मन्त्रीले जानकारी दिए । उनले मन्त्रीहरुलाई आफ्नो पोजिसन क्लियर गर्न भनेका आग्रह गरेका छन् ।

प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै उनले भने, ‘क-कसलाई के ईच्छा छ निर्णय गर्न समय छ । अहिलेसम्म केही भइसकेको त छैन । तर अवस्था ठीक पनि छैन । आवश्यकता पर्‍यो भने मुख खोल्नुपर्ला ।’

मन्त्री र राज्यमन्त्रीलाई बोलाएर परामर्श बैठक भनिएपनि प्रमले आफ्नो कुरा राखेपछि बैठक सकिएको थियो ।

बैठकलगत्तै ओलीले आफूनिकट मन्त्रीसँग पनि परामर्श जारी राखेका छन् । उक्त परामर्श बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने सहभागी छैनन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय