ब्लाक लाइभ्स म्याटरः काला बा–आमाले के सिकाउँदैछन आफ्ना सन्तानलाई ?
एजेन्सी, २१ असार । जर्ज फ्लोयडको हत्यापछि बेलायतमा पनि ‘ब्लाक लाइभ्स म्याटर’ आन्दोलन चर्किएको छ । आन्दोलनको समर्थनमा ठूलो संख्यामा मानिसहरु सडकमा आएका छन् ।
यो मुद्दालाई जोड दिनुका साथै आमाबुवाले अब आफनो छोराछोरीलाई रंगभेदको विषयमा कसरी बलियो सोच बनाउन सघाउने भनेर मानिसहरु गम्भीर देखिन थालेका छन् ।
डेनिस अडीडेको ५ बर्षकी छोरीले ब्लाक लाइभ्स म्याटरको ब्यानर देख्छिन् अनि सोध्छिन् ‘किन यस्तो भएको ?’
काला बच्चाको कोमलता हराउने डर
डेनिस भन्छन्, ‘एक काला बच्चाको लागि यो सत्य हो कि अरु बच्चाको जस्तो उनीहरुमा कोमलता हुँदैन । कतिपय बच्चाहरु अहिले काला जातिको इतिहास जान्न र बुझ्न खोजिरहेका छन् ।’
उनले भने, ‘मलाई थाहा छ जर्ज फ्लोयडको बारेमा चर्चा गर्नका लागि अहिले मेरो बच्चाहरु साना छन् ।’ तर उनलाई लाग्छ कि कतिपय बच्चालाई यो घटनाबाट नरोम्रो असर परेको छ । डेनिसको तीनवटै बच्चा पाँच वर्षमुनिका छन् । उनले आफ्नो साथीको छोरीको जिकिर गदै भनेका छन्, ‘नश्लवादको कारणले ऊ किन असुक्षित छ ?’
बच्चाले बानी बसाल्नुपर्छ
डेनिस पश्चिम लण्डनमा बस्छन् । उनी भन्छन्, ‘आफनो बच्चाले कालासंग बेलायतमा बस्ने बानी बसाल्नु पर्छ ।’ उनले आफ्नो घटना सुनाउँदै बच्चा र वयस्क दुवै बेला उनलाइ धेरै पटक पुलिसले रोकेको र तलासी लिएको भनेका छन् । ‘अब मेरो ४ बर्षको छोरालाई यस्तै हुन्छ’ भन्ने सिकाउनु पर्दा आफू पनि दुःखित भएको बताए ।
उनलाई लागिरहेको छ कि उनले आफ्नी छोरीको साथ भिन्नै किसिमको चर्चा गर्नुपर्छ किनभने समाजमा उनको कम प्रतिनिधित्व छ ।
एकदिन जेठी छोरी धेरै खुशी थिइन् । उक्त दिन उनकी शिक्षिकाले हाम्रा कपाल र शरीरको रंग उस्तै-उस्तै छन् भनेकी थिइन् ।
छोरीले उठाएका सवाल
चेशायर बस्ने जर्जीना क्लार्कको ७ बर्षीय जुम्ल्याहा एक छोरी र एक छोरा छन् । शरीरको रंगबारे पहिलो पटक छोरीले सवाल उठाएकी थिइन् ।
उनको ठाउँमा भेदभाव छैन । यसकारण उनकी छोरीले बाटो हिंड्ने हरेक काला जातिका मानिसहरुलाई अभिवादन गर्थिन् । कालाहरु पनि आफूहरुसँग सम्बन्धित छन् भन्ने लागेर उनी त्यसो गर्थिन् ।
अनुहार अलग हुनुकारण स्कुल जान मानिनन्
उनी आफनो कक्षामा एक्लो अश्वेत थिइन् । जब उनी पाँच वर्षकी भईन तबदखि ऊ स्कुल जान मानिनन् किनकि उनी एक्लै अरुभन्दा फरक देखिन्थिइन् । जर्जीना भन्छिन्, ‘त्यो दिन उनी खराब महसुस गरिरहेकी थिइन् ।’
उनलाई लाग्यो छोरीको पालनपोषण राम्रोसँग गरिनन् । जर्जीनाले आफनो छोरीलाई भनिन्, ‘हाम्रो आमाबुवा अफ्रिकी मूलका थिए र उनको बुवाको अभिभावकहरु वेस्टइण्डीजबाट आएका थिए । यी दुवै देशमा सबै मानिसहरु काला नै हुन्छन् ।’
काला हुनुमा गर्व गरौं
उनले भनिन्, ‘वास्तविकता जान्नु पर्छ र यसमा गर्व गरौं कि हामी काला छौं । काला हुनु खराब होइन भन्ने कुरा बुझ्नुपर्छ । कतिपय काला मानिसहरु आफैलाई राम्रो मान्दैनन् । काला मानिसले आफनो आत्म सम्मानलाई बलियो बनाउनु पर्छ ।’
व्यवहारमा नियम कानुन अलग
पूर्वी लण्डनको ह्याक्नेमा बस्ने मोनी ह्यारिसनका दुई जना बच्चा छन् । यस बर्षदेखि उनको छोरा विद्यालय भर्ना हुँदैछ तर उसलाई विद्यालय कसरी पठाउने भन्ने कुरालाई लिएर उनी चिन्तित छन् । ह्यारिसन भन्छन्, ‘मेरोे छोरा आत्मविश्वासवाला छ । एक काला पुरुषको लागि आफनो छोरालाई स्कुल जानुभन्दा अगाडि व्यवाहारको फरक नियम कानुन सिकाउनु ठूलो चुनौती हो ।’
उनले हरेक दिन आफनो छोरालाई सन्देश दिन्छन्, ‘मेरो कपाल राम्रो छ र म मेरो रंगसँग प्रेम गर्छु ।’
यूनिसेफले बालबालिका नश्लवादको बारेमा के भन्छ ?
पाँच बर्ष कम उमेरको बच्चाको लागि;
१. उमरेको हिसाबले उचित तथा सजिलो भाषा प्रयोग गर्नुपर्छ,
२. फरक पहिचान बारे असल शिक्षा दिनुपर्छ,
३. आफनो बच्चाको प्रश्नलाई लिएर अभिभावकले खुल्ला विचार राख्नुपर्छ,
४. यदि बच्चा कुनै अलग वा फरक मानिससँग बोल्यो भने उसलाई खराब भन्नु हुन्न र असल कुरा सिकाउनु पर्छ ।
यो एक यस्तो सिद्वान्त हो जसलाई पाँच बर्षभन्दा कम उमेरको बच्चा पनि बुझ्छन् भने उ समाझदार छ भनेर बुझ्नुपर्छ । नश्लवादको गलत परिपाटीका बारेमा बच्चालाई नबताउन नै युनिसेफले आग्रह गरेको छ ।