scheduleसोमवार श्रावण १९ गते, २०७७

सबैभन्दा सुरक्षित सुति कपडाको घरेलु मास्क

एजेन्सी, २१ असार । कोरोना भाइरसको प्रकोप लामो समयसम्म रहने पक्का छ । यदि कोरोना भाइरसबाट बाँच्नुछ भने मास्क लगाउने बानी बसाल्नुपर्छ । संक्रमित व्यक्तिको ड्रपलेट्समार्फत् अर्को व्यक्तिमा सर्ने भएको हुँदा भाइरसलाई रोक्ने राम्रो उपाय मास्क हो ।

तर अब प्रश्न उठ्छ- कस्तो मास्क उपयुक्त हुनसक्छ, जसले भाइरसलाई रोक्न सकोस् । हालसालै मास्कलाई लिएर एक अध्ययन भएको छ । उक्त अध्ययनले घरेलु (होम मेड) मास्क व्यावसायिक मास्कभन्दा धेरै सुरिक्षत रहेको पाइएको छ ।

अमेरिकन इन्स्टिच्युट अफ फिजिक्स जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार घरमा बनेको सुति कपडाको मास्क व्यावसायिकरुपमा उपलब्ध मास्कभन्दा धेरै नै प्रभाकारी रहेको छ । घरेलु मास्कको प्रभाकारिता धेरै हनुको कारण मास्कको प्याटर्न (ढाँचा) र उसको मोटाई रहेको अध्ययनको रिपोर्टमा उल्लेख गरिएको छ ।

शोधकर्ताले कपासको कपडाबाट बनाएको मास्कको परीक्षण गरेका थिए । यसक्रममा मोटो धागोले बनेको दुईवटा लेयरलाई दोबारेर बनाएको मास्क उपयुक्त देखियो ।

उक्त सुति कपडाको मास्क लगाउने व्यक्तिको मुखबाट ड्रपलेट धेरै दूरीसम्म वातावरणमा फैलिँदैन । संक्रमित व्यक्तिको मुखबाट निस्केको थुक ढाई इञ्चसम्म मात्र फैलिन सक्छ ।

यदि कुनै व्यक्ति एक मिटरको दूरीमा सुति कपडाको मास्क लगाएर बसेको छ भने संक्रमण फैलिँदैन् । यसअघि नै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सम्बोधनमा बारम्बार घरमा बनाएको मास्क लगाउन आफ्ना देशबासीलाई आग्रह गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय