scheduleबिहिवार आश्विन १५ गते, २०७७

ओस्कारमा ऋतिक रोशन र आलियालाई निम्ता

एजेन्सी, २१ असार । ओस्कर (एकेडेमी) अवार्ड संसारमै फिल्मको सबैभन्दा ठूलो अवार्ड समारोहका रूपमा प्रसिद्ध छ । यही विश्वप्रख्यात अवार्ड सोमा बलिउड अभिनेता ऋतिक रोशन र अभिनेत्री आलिया भट्ट आमन्त्रित भएका छन् ।

द एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेसले मंगलबार नयाँ पाहुनाको नाम सार्वजनिक गरेको हो । यस वर्ष हुने अवार्ड समारोहका लागि आयोजकले ८१९ जनालाई आमन्त्रित गरेको हो । यो सूचिमा भारतबाट आलिया र ऋतिकको नाम पनि अटाएको छ ।

यदि आलिया र ऋतिकले एकेडेमीको आमन्त्रणलाई स्वीकारेमा, यही अप्रिल २५ मा हुने ९३ औं एकेडेमी अवार्ड समारोहमा भोट पनि हाल्न पाउने छन् । एकेडेमी अवार्डमा भोटिङका लागि ४९ प्रतिशत पाहुनाहरू ६८ देशबाट बोलाइने गर्दछन् ।

भारतबाट ऋतिक र आलियाका साथै कास्टिङ निर्देशक नन्दिनी श्रीकान्त र टेस जोसेफ, पहिरन डिजाइनर निता लुल्ला, वृत्तचित्र फिल्म निर्माता निष्ठा जैन र अमित मधेशिया, भिजुअल इफेक्ट सुपरभाइजर विशाल आनन्द र सन्दिप कमल र फिल्म स्कोर कम्पोजर नन्दिता देसाई पनि आमन्त्रित छन् ।

८१९ जना पाहुनामध्ये भारतभन्दा बाहेक ७५ जना ओस्करमा मनोनित र १५ जना पहिले नै ओस्कर अवार्ड जितिसकेकाहरू रहेका छन् । विविधता कायम आफ्नो उद्देश्यलाई पछ्याउँदै एकेडेमीले विभिन्न देशबाट पाहुनाका रूपमा आमन्त्रित गरेको हो ।

यसबारे प्रस्ट्याउँदै एकेडेमीका अध्यक्ष डन हुड्सन भन्छन्, ‘हामीले हाम्रो सदस्यता, हाम्रो कार्यक्रम र हाम्रो नयाँ संग्रहालयमार्फत् हाम्रो एकेडेमीमा विश्वलाई प्रतिबिम्बित गर्न खोजेका छौं ।’

यो वर्षको ओस्कर अवार्ड एकेडेमीको इतिहासमै पहिलोपटक यति लामो समयका लागि स्थगित भएको थियो । कोरोना कहरका कारण फेब्रुअरीमा हुनुपर्ने ओस्कर अवार्ड अप्रिलमा सरेको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय