scheduleआइतवार श्रावण २५ गते, २०७७

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौँ, २१ असार । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु को प्रभाव रहेको छ । साथै भारतको पूर्वी उत्तर प्रदेशमा निम्न चापिय क्षेत्र रहेको छ । हाल देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

दिउँसोः देशभर साधारणतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ  सहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर साधारणतया बदली रही केही स्थानहरुमा स्थानहरूमा मेघगर्जन, चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय