scheduleशनिवार श्रावण २४ गते, २०७७

व्याक टु व्याक फर्ममा आर्सनल, उल्भ्स पराजित

काठमाडौँ, २१ असार । गएराति भएको प्रिमियर लिगमा आर्सनलले उल्भ्सलाई २-० गोलले पराजित गरेको छ । आर्सनललाई जित दिलाउन बुकायो साका र अलेक्जेन्द्री लाकाजेटीले एकएक गोल गरे । आर्सनलका लागि खेलको ४३ औँ मिनेटमा गोल गर्दै साकाले अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा पनि एक गोल गर्न सफल रह्यो । आर्सनलका लागि खेलको ८६ औँ मिनेटमा लाकाजेटीले गोल गरे ।

यो जितसँगै लिगको सातौँ स्थानमा रहेको आर्सनलले ३३ खेलमा ४९ अंक जोडेको छ । लिगको छैटौँ स्थानमा रहेको उल्भ्सको ५२ अंक रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय