scheduleशनिवार श्रावण २४ गते, २०७७

चेल्सीको सानदार जित

काठमाडौँ, २१ असार । चेल्सीले वाटफोर्डमाथि ३-० गाेलकाे सहज  जित निकाल्दै राहतको सास फेरेको छ । शिर्ष चारका लागि प्रिमियर लिगमा रोमाञ्चक प्रतिस्पर्धा चलिराखेको छ । लिगको चौथौँ स्थानमा रहेको चेल्सीलाई म्यानचेस्टर युनाइटेड, उल्भ्स लगायन अन्य टोलीले पछ्याइरहेका छन् ।

गएराति भएको खेलमा चेल्सीलाई सहज जित दिलाउन ओलिभर जिरोर्ड, विलियन र रोस बाक्र्लीले एकएक गोल गरे । जिरोर्डले खेलको २८ औँ मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।

खेलको ४३ औँ मिेनटमा पेनाल्टीमार्फत विलियनले गोल गर्दै अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको अन्तिम समयमा बाक्र्लीले गोल गरे । यो जितसँगै चेल्सीको ३३ खेलमा ५७ अंक भएको छ । त्यस्तै १७ औँ स्थानमा रहेको वाटफोर्डको २८ अंक रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय