scheduleबुधवार श्रावण २८ गते, २०७७

गण्डकीमा ६ वर्षीय बालकसहित ३ संक्रमित थपिए

पोखरा, २१ असार । गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक विहान जारी गरेको विज्ञप्तिअनुसार संक्रमण पुष्टि हुनेमा तनहुँका २ जना र बाग्लुङका १ जना छन् ।

योसँगै प्रदेशमा कुल संक्रमितको संख्या १०९१ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँको व्यास नगरपालिकाका ६ वर्षीय बालक र शुक्लागण्डकी नगरपालिकाका २८ वर्षीय पुरुष छन् ।

त्यसैगरी बाग्लुङको काठेखोला गाउँपालिकाका २४ वर्षीय एकजना पुरुषमा पनि संक्रमण भेटिएको छ ।

उनीहरु सबैलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

हालसम्म गण्डकी प्रदेशमा २९७ जना कोरोना जितेर घर फर्किएका छन् भने ३ जनाको संक्रमणका कारण ज्यान गएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय