scheduleशनिवार श्रावण २४ गते, २०७७

भारतमा कोरोना कहर, एकैदिन ६१० जनाभन्दा बढीको मृत्यु

एजेन्सी, २१ असार । भारतमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्ने क्रम बढेको बढ्यै छ । वल्र्डवमिटरका अनुसार कोरोना भाइरसका कारण भारतमा एकैदिन ६१० जनाभन्दा बढीको मृत्यु भएको छ । योसँगै भारतमा हालसम्म १९ हजार २७९ जनाभन्दा बढीको मृत्यु भएको छ । भारतमा एकैदिन झण्डै २४ हजार संक्रमित फेला परेको पुष्टि भएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ६ लाख ७३ हजारभन्दा बढी पुगेको छ ।

त्यस्तै ४ लाख ९ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । झण्डै ९ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।

पछिल्लो समय देखिएको संक्रमितको संख्याले भारतका केही स्थानमा कोरोना समुदायमा फैलिएको र नियन्त्रण गर्न कठिन रहेको अधिकारीहरुले जनाएका छन् । यही क्रम रहे स्थिति थप भयावह हुने अधिकारीहरुले जनाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय