scheduleशनिवार श्रावण २४ गते, २०७७

ब्राजिलमा कोरोना भाइरस, एकैदिन ३५ हजारभन्दा बढी संक्रमित फेला

एजेन्सी, २१ असार । ब्राजिलमा कोरोना भाइरसका कारण एकैदिन ११११ जनाभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् । पछिल्लो समय मृत्युदरमा केही कमी आएको थियो तर, यो फेरि बढ्ने संकेत देखिएको छ । नयाँ संक्रमितको संख्यामा झन् बढेसँगै मृत्यु हुनेको संख्या पनि बढ्ने अनुमान गरिएको छ ।

योसँगै हालसम्म ६४ हजार ३६५ जनाभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् । शनिबारमात्रै ३५ हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

हालसम्म संक्रमितको संख्या १५ लाख ७८ हजारभन्दा बढी पुगेको छ । त्यस्तै ९ लाख ७८ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् ।

८ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय