scheduleशनिवार श्रावण २४ गते, २०७७

अमेरिकामा कोरोना भाइरस, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी, २१ असार । अमेरिकामा एकैदिन ४५ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । संक्रमण बढेसँगै अमेरिकामा कोरोना भाइरस नियन्त्रणबाहिर गएको अधिकारीहरुले जनाएका छन् । अमेरिकामा हालसम्म २९ लाख ३५ हजारभन्दा बढी संक्रमितको संख्या पुगेको छ ।

अमेरिकामा हालसम्म कोरोना संक्रमणका कारण १ लाख ३२ हजार ३१८ भन्दाबढी संक्रमितको ज्यान गइसकेको छ । शनिबारमात्रै २५४ जनाभन्दा बढी संक्रमितको मृत्यु भएको छ । पछिल्लो समय भने मृत्यु हुनेको संख्यामा कमी आएको तर, संक्रमणदर उच्च रहेका कारण थप भयावह स्थिति आउन सक्ने अधिकारीहरुले बताएका छन् ।

केही समय यता मृत्युदर कम रहेको थियो । तर, पछिल्लो रिपोर्ट अनुसार पुनः मृत्युदर बढ्ने सम्भावना बढेको बताइएको छ ।

१२ लाख ६० हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । झण्डै १६ हजारको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय