scheduleशनिवार श्रावण २४ गते, २०७७

विश्वभर कोरोना भाइरस, कति पुग्यो संक्रमित र मृतकको संख्या ?

काठमाडौँ, २१ असार । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १ करोड १३ लाख ७२ हजारभन्दा बढी पुगेको छ । वल्र्डवमिटरका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एकैदिन १ लाख ८९ हजारभन्दा बढीले बढेको हो ।

अमेरिका, ब्राजिल र भारतमा सबैभन्दा धेरै कोरोना संक्रमित  फेला परेका छन् । मृत्युदरमा कमी आए पनि कोरोना संक्रमितको संख्या उच्चदरले बढ्नु गम्भीर संकटको संकेत भएको अधिकारीहरुले जनाएका छन् ।

त्यस्तै कुल संक्रमितमध्ये मृत्यु हुनेको संख्या पाँच लाख ३२ हजार ८६१ पुगेको छ । ६४ लाख ३३ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै ५७ हजारभन्दा बढी संक्रमितको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय