scheduleबुधवार श्रावण २१ गते, २०७७

बायर्नले जित्यो जर्मन कपको उपाधि

काठमाडौँ, २१ असार । गएराति भएको जर्मन कपको फाइनल खेलमा बायर्न म्युनिखले बायार लेवरकुसनलाई ४-२ गोलले पराजित गर्दै उपाधि जितेको छ । बायर्नलाई सानदार जित दिलाउन यस सिजन उच्च फर्ममा रहेका रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे भने डेभिड अल्बा र सेर्गी गान्ब्रीले एक एक गोल गरे ।

बायर्नलाई कडा टक्कर दिन कोशिस गरेको लेवरकुसनका लागि काइ हाभर्ट्ज र सेभेन बेन्डेरले एक एक गोल गर्न सफल भए ।

बायर्नका लागि खेलको १६ औं मिनेटमा अल्बाले गोल गरे । बायर्नका लागि खेलको २४ औं मिनेटमा सेर्गीले गोल गरे । खेलको ५९ औं मिनेटमा लेवान्डोस्कीले गोल गरे । खेलमा फर्कन हरसम्भव प्रयास गरेको लेवरकुशानका लागि ६३ औं मिनेटमा बेन्डेरले गोल गरे ।

खेलको ८९ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरे । खेलको अन्तिम समयमा लेवरकुसनका हाभर्ट्जले एक गोल गरे । सानदार जित हात पारेको बायर्नले २० औं पटक जर्मन कपको उपाधि जित्न सफल भएको छ । गएको सिजन पनि बायर्नले जर्मन कपको उपाधि जितेको थियो । २० पटकसम्म जर्मन कपको उपाधि जित्ने जर्मनमात्र एक्लो टिम हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय