scheduleशनिवार श्रावण २४ गते, २०७७

प्रचण्ड र ओलीबीच आज वान टु वान वार्ता हुने

काठमाडौँ, २१ असार । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र दुई अध्यक्षबीचको मतभेद चरम उत्कर्षमा पुगेको विश्लेषकहरुले बताएका छन् । दुवै अध्यक्ष आफ्नो अडानमा अडिग भएपछि नेकपाको भित्रको गाँठो झन् कसिएको हो ।

पार्टीभित्रैबाट राजीनामाको माग भएपछि आफुविरुद्ध देशी विदेशीहरुले षड्यन्त्र गरेको भन्दै प्रधानमन्त्री के पी शर्मा ओलीले आफ्नै पार्टी नेताहरुको खुलेरै आलोचना गरेका थिए ।

प्रधानमन्त्री ओलीले दिएको टिप्पणीका कारण अर्का अध्यक्ष पुष्प कमल दाहाल झन् चिडिएका थिए । उनले प्रधानमन्त्रीले पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए ।

उक्त अडानमा आज पनि उनी कायम रहेका छन् । यसै विषयलाई टुंगाउन आज प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच वान टु वान वार्ता हुने बताइएको छ ।

दुवै अध्यक्ष आफ्नो अडानमा अडिग रहेका कारण कतै पार्टी फुट्ने त होइन भन्ने चर्चा पनि उत्तिकै चलेको छ ।

ओली पक्षधरले पेलेरै अगाडि बढ्न खोजेका कारण पार्टीभित्र चरम विवाद आएको प्रचण्ड खेमाका नेताहरुको आरोप रहेको छ । फाइनल वान टु वान वार्तामार्फत निष्कर्ष निकाल्न प्रयत्न गरिएको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय