scheduleबिहिवार आश्विन ८ गते, २०७७

गलवान भ्यालीमा भएको घटनालाई लिएर अजय देवगनले फिल्म निर्माण गर्ने

एजेन्सी, २१ असार । बलिउडका चर्चित अभिनेता अजय देवगनले गलवान भ्यालीमा भएको घटनालाई लिएर फिल्म निर्माण गर्ने भएका छन् । तन्हाजी, रेड, सिंगम लगायत धेरै हिट फिल्म दिएका अजयले गलवान भ्यालीमा भएको घटनालाई लिएर फिल्म निर्माण गर्ने घोषणा गरेका हुन् ।

केही हप्ता अगाडि गलवान भ्यालीमा चिनियाँ र भारतीय सैनिकबीच भएको झडपमा परी २० जना भारतीय सैनिकले ज्यान गुमाएका थिए । उक्त घटनापछि चीन र भारतबीचको सम्बन्धमा दरार पैदा भएको छ ।

भारतीय सैनिकहरुको मनोबल उच्च बनाउन आफुले उक्त विषयमा फिल्म निर्माण गर्न लागेको प्रतिक्रिया अजयदेवगनले दिएका छन् । यस फिल्मलाई आवश्यक पर्ने कलाकारहरु फाइनल गर्ने तयारी भएको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय