scheduleशनिवार श्रावण २४ गते, २०७७

प्रचण्ड शितलनिवास छिरेपछि ओलीसँगको वार्ता प्रभावित

काठमाडौं, २१ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड शितलनिवास पुगेका छन् । अध्यक्ष प्रचण्ड पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई लिए राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका हुन् ।

पूर्वप्रधानमन्त्रीत्रय शितलनिवास गएपछि सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीचको वार्ता प्रभावित भएको छ ।

शितलनिवासमा पूर्वप्रधानमन्त्रीत्रयले राष्ट्रपतिलाई महाअभियोग लगाउने खबर हल्ला मात्र भएको स्पष्ट पार्ने अनुमान गरिएको छ ।

उत्कर्षमा पुगेको पार्टी विवादबारे छलफल गर्न अध्यक्षद्वयले आइतबार बिहान ११ बजे भेटवार्ता गर्ने बताइएको थियो ।

अध्यक्षद्वयबीचको बैठकमा दोस्रो तहका केही नेताहरु पनि सहभागी हुने बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय