scheduleशनिवार श्रावण २४ गते, २०७७

सकियो बालुवाटार वार्ता

काठमाडौं, २१ असार । सत्तारुढ दल नेकपाको विवाद मिलाउन बालुवाटारमा बसेको बैठक भर्खरै सम्पन्न भएको छ ।

करिब डेढ घण्टा चलेको बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठक सोमबार बिहान पुनः बस्नेगरी टुंगिएको हो ।

बैठकमा के के विषयमा छलफल भयो भन्ने सार्वजनिक भएको छैन ।

छलफलमा प्रधानमन्त्री ओलीका तर्फबाट उनीनिकट महासचिव विष्णु पौडेल र प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहेका स्थायी समिति सदस्य शंकर पोखरेल सहभागी थिए भने प्रचण्डसँग वर्षमान पुन र जनार्दन शर्मा सहभागी थिए ।

अध्यक्षद्वले बैठक स्थल छाडे पनि दोस्रो तहका नेताहरुले भने छलफललाई निरन्तरता दिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय