scheduleबिहिवार श्रावण २९ गते, २०७७

श्रीलंकाका क्रिकेटर मेन्डिस पक्राउ

एजेन्सी, २१ असार । श्रीलंकाका विकेटकिपर ब्याट्सम्यान कुशल मेन्डिस पक्राउ परेका छन् ।

आइतबार विहान दक्षिणी कोलम्बोको पानाडुरामा मेन्डिसले चलाएको गाडीको ठक्करबाट ६४ वर्षीय साइकलयात्रीको मुत्यु भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

गाडीकोे ठक्करबाट गम्भीर घाइते भएका उक्त साइकलयात्रीलाई उपचारका लागि अस्पताल पुर्याइएलगत्तै उनको मृत्यु भएको थियो ।

श्रीलंकाको पानाडुरा न्यायलयमा मुद्दा चल्नुअघि प्रहरीले मेन्डिसलाई ४८ घन्टा हिरासतमा राख्न सक्नेछ र सो अवधिमा प्रहरीले घटनाको अनुसन्धान गर्नेछ।

कोरोना भाइरसका कारण श्रीलंका अहिले पनि लकडाउनकै स्थितिमा भएतापनि क्रिकेटर मेन्डिसलाई गाडी चलाउन अनुमति दिइएको थियो ।

श्रीलंकाका लागि ४४ टेस्ट, ७६ एकदिवसीय र २६ टी-२० खेलेका विकेटकिपर ब्याट्सम्यान मेन्डिस साताको सुरुदेखि पाल्लेकेलेमा भएको श्रीलंकाली टिमको प्रशिक्षणमा रहेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय