scheduleशुक्रवार श्रावण २३ गते, २०७७

आइतबार थपिए २९३ संक्रमित, कुल संक्रमितको संख्या १५७८४

२१ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २९३ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा १३२ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ६५४७ पुगेको छ ।

आइतबारसम्म २ लाख ५१ हजार ७ पिसिआर परीक्षण सम्पन्न भएको छ भने आरडिटी परीक्षणको संख्या ३ लाख ११ हजार १४६ छ ।

अहिलेसम्म ३१ हजार ५७३ जना क्वारेन्टाइनमा रहेका छन् भने ९ हजार २०३ जना आइसोलेसनमा रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय