scheduleशनिवार श्रावण २४ गते, २०७७

काठमाडौं उपत्यकामा आइतबार थपिए ३० संक्रमित

काठमाडौं, २१ असार । काठमाडौं उपत्यकामा आइतबार ३० जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंका २७ जना, ललितपुरका २ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ५ जना, वीर अस्पतालमा १ जना र त्रिवि शिक्षण अस्पतालमा २१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

शिक्षण अस्पतालका संक्रमितमध्ये भक्तपुरका १ जना र ललितपुरका २ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय