scheduleबिहिवार श्रावण २९ गते, २०७७

बर्नली र सेफिल्ड युनाइटेडले बराबरी खेले

काठमाडौं, २१ असार । इंग्लिस प्रिमियर लिगअन्तर्गत आज भएको पहिलो खेलमा बर्नली र सेफिल्ड युनाइटेडले १-१ गोलको बराबरी खेलेका छन् ।

बर्नलीको घरेलु मैदान टर्फ मूरमा भएको खेलमा सुरुवाती अग्रता बर्नलीले लिएको थियो । बर्नलीका जेम्स तारक्वस्कीले ४३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० ले पछि परेको सेफिल्ड युनाइटेड गोल फर्काउन प्रयासरत थियो । यस्तैमा अन्त्यसम्म अग्रता जोगाउन नसक्दा बर्नलीले बराबरीमा चित्त बुझाउनुपरेको थियो । सेफिल्डका लागि ८०औं मिनेटमा जोन इगानले बराबरी गोल फर्काए । प्रिमियर लिगमा यो उनको पहिलो गोल हो ।

बराबरी पश्चात् बर्नली ३३ खेलबाट ४६ अंक सहित अंक तालिकाको नवौं स्थानमा यथावत् छ । अग्रता जोगाउन नसक्दा बर्नली एक स्थान माथि उक्लनबाट वञ्चित भएको थियो । एक स्थानमाथि आठौं स्थानमा रहेको सेफिल्डको समान खेलबाट ४८ अंक रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय