scheduleबिहिवार श्रावण २९ गते, २०७७

गण्डकी प्रदेशमा थपिए ५ जना संक्रमित, एकजनाको मृत्यु

पोखरा, २१ असार । गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक जारी गरेको विज्ञप्तिअनुसार नयाँ संक्रमण पुष्टि हुनेमा कास्कीका २ जना, गोरखा, लमजुङ र बाग्लुङका १-१ जना छन् ।

योसँगै गण्डकी प्रदेशमा संक्रमित व्यक्तिको कुल संख्या १०९६ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकाका २ महिलामा संक्रमण भेटिएको छ भने लमजुङको राइनास नगरपालिका र गोरखाको गोरखा नगरपालिकका १-१ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

 

त्यसैगरी प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा बाग्लुङको ढोरपाटन नगरपालिकाका १ जना पुरुषमा मृत्युपश्चात् कोरोना संक्रमण पुष्टि भएको हो ।

क्वारेन्टाइनबाट घर फर्किएका सो पुरुषको हिजो राति घरमै रहेको अवस्थामा मृत्यु भएको थियो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय