scheduleबिहिवार श्रावण २९ गते, २०७७

रियलको अपराजित यात्रा कायमै

काठमाडौं, २१ असार । स्पनिस लालिगा फुटबलमा शीर्षस्थानको रियल मड्रीडले अपराजित यात्रा कायम राखेको छ । पछिल्ला ६ खेलमा अपराजित रहेको रियलले आइतबार एट्लेटिको बिलबाओलाई उसैको मैदानमा १-० ले हराउँदै लगातार सातौं जीत दर्ता गर्न सफल भएको हो ।

रियलको जीतमा एकमात्र गोल कप्तान सर्जियो रामोसले गरेका थिए । खेलको ७३औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै गरेको गोल नै खेलको निर्णायक गोल रह्यो ।

जीतसँगै रियलको ३४ खेलबाट ७७ अंक भएको छ र उसले एक खेल कम खेलेको दोस्रो स्थानको बार्सिलोनासँग ७ अंकको अग्रता कायम गरेको छ ।

पराजित बिल्बाओ भने ४८ अंकसहित आठौं स्थानमा यथावत् छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय