scheduleआइतवार श्रावण २५ गते, २०७७

न्यूकासल र वेस्ट ह्यामले अंक बाँडे

काठमाडौं, २१ असार । इंग्लिस प्रिमियर लिगअन्तर्गत आज भएको दोस्रो खेलमा न्यूकासल युनाइटेड र वेस्ट ह्याम युनाइटेडले २-२ गोलको बराबरी खेलेका छन् ।

न्युकासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा भएको खेलमा सुरुवाती अग्रता भने वेस्ट ह्यामले लिएको थियो । खेलको चौथो मिनेटमै वेस्टह्याम माइकेल एन्टोनियोले गोल गरेका थिए । त्यसपछि १७औं मिेनटमा नै अल्मिरोनको गोलमार्फत न्युकासलले खेल बराबरीमा ल्याएको थियो ।

पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएकोमा दोस्रो हाफको ६५औं मिनेटमा सोउसेकले वेस्टह्यामलाई पुनः अग्रता दिलाए तर त्यसको दुई मिनेटमै जोन्जो सेल्भेको गोलमार्फत न्युकासलले दोस्रोपटक खेल बराबरीमा ल्याएको थियो ।

खेलमा त्यसपछि कुनै गोल हुन सकेन र दुवै टिमले अंक बाँड्न बाध्य भए । न्युकासलको ३४ खेलबाट ४४ अंक भएको छ र अंकतालिकाको १२औं स्थानमा छ भने वेस्टह्याम ३१ अंकसहित १६औं स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय