scheduleबुधवार श्रावण २८ गते, २०७७

लिभरपुलद्वारा एस्टन भिल्ला पराजित

काठमाडौं, २१ असार । इंग्लिस प्रिमियर लिगमा सात खेल अगावै च्याम्पियन बनिसकेको लिभरपुलले सिजनको २९औं जीत हात पारेको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई १-० ले हराएको हो ।

लिभरपुलको जीतमा साडियो माने र कर्टिस जोन्सले एक-एक गोल गरेका थिए । लिभरपुलले पहिलो गोल गर्नका लागि ७१ मिनेटसम्म कुर्नुपरेको थियो ।

७१औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । खेलको अन्त्यतिर ८९औं मिनेटमा सब्सटिट्युट खेलाडी कर्टिसले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

पहिलो हाफमा लिभरपुललाई दबाबमा राखेको भिल्लाले गोल भने गर्न सकेन ।

जीतसँगै लिभरपुलको ३३ खेलबाट ८९ अंक भएको छ र शीर्ष स्थानमा कायमै रहँदा अब १०० अंक पुर्याउने दाउमा रहेको छ । पराजित एस्टन भिल्लाको २७ अंक छ र तालिकाको १८औं स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय