भाजपा सांसदद्वारा सुशान्त आत्महत्या प्रकरणलाई सीबीआई जाँचको माग
एजेन्सी, २२ असार । भारतीय जनता पार्टीका सांसद तथा अभिनेत्री रुपा गांगुलीले सुशान्त सिंह राजपुत आत्महत्या प्रकरणको सीबीआई जाँच माग गरेकी छिन् ।
उनले कतिपय बलिउड चर्चिक व्यक्तिलाई अनफलो समेत गरेकि छिन् । उनका अनुसार सुशान्त सिंहको मृत्यु आत्महत्या होइनन् । ‘ऊ परिवारवाद (नेपोटिज्म) को शिकार भएको थियो,’ उनको दाबी छ ।
उनले लगातार आफ्नो इन्स्टाग्राममा सुशान्तको बारेमा आफनो पोष्ट गरिरहेकी छिन् । यसअघि बलिउडबाट चर्चित अभिनेता तथा राजनेताले सीबीआई जाँचको माग गरिसकेका छन् ।
रुपाले सुशान्तको विभिन्न विवरणको बारेमा सामाजिक सञ्जाल मार्फत् आफनो विचार व्यक्त गर्दैछन् । उनले सुशान्तको इन्स्टाग्राम पोष्टमाथि समेत सवाल उठाएको थियो ।