scheduleबुधवार श्रावण २८ गते, २०७७

म्यानचेस्टर सिटी पराजित

 

काठमाडौं, २२ असार । प्रिमियर लिग अन्तर्गत दोस्रो स्थानको म्यान्चेस्टर सिटीले अप्रत्याशित हार व्यहोरेको छ । गएराति सम्पन्न खेलमा साउथह्याप्टनको घरेलु मैदानमा सिटी १-० ले पराजित भएको हो ।

साउथह्याम्पटनका लागि एकमात्र गोल चे एडम्सले १६ औं मिनेटमा गरेका थिए । बलियो टिम सिटीले गोल भने फर्काउन सकेन र त्यसपछि खेलमा अन्य गोल नहुँदा सिटी पराजय भोग्न बाध्य भयो ।

हारका बाबजुद सिटीको ३३ खेलबाट ६६ अंक छ र दोस्रो स्थानमा यथावत् छ भने साउथह्याप्टन समान खेलबाट ४३ अंकसहित १३औं स्थानमा उक्लिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय