scheduleबुधवार श्रावण २८ गते, २०७७

बार्सिलोनाको फराकिलो जीत

काठमाडौं, २२ असार । स्पेनिस लालिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले फराकिलो जीत हासिल गरेको छ । बार्सिलोनाले भिल्लारियल लाई उसैको मैदानमा ४-१ ले पराजित गरेको हो ।

बार्सिलोनाको जीतमा स्वारेज, ग्रिजम्यान र अन्सु फाटीले १-१ गोल गर्दा एक गोल भने भिल्लारियलको तर्फबाट उपहार पाएको थियो ।

खेलको तेस्रो मिनेटमा नै भिल्लारियलले आत्मघाती गोल गरेपछि बार्सिलोनाले अग्रता लिएको थियो । तर १४औं मिनेटमा नै भिल्लारियलका मोरेनोले गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि २०औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई पुन: अग्रता दिलाए । पहिलो हाफको अन्तिममा एन्टोइन ग्रिजम्यानले गोल थपेपछि बार्सिलोना ३-१ ले अगाडि रह्यो ।

दोस्रो हाफमा पनि बार्सिलोनाले एक गोल थप्यो । अन्सु फाटीले ८७औं मिनेटमा गोल गर्दै खेल ४-१ को अवस्थामा पुर्याए ।

जीतपछि ३४ खेलबाट ७३ अंक रहेको बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा यथावत छ र शीर्ष स्थानको रियलभन्दा स्पष्ट ४ अंकले पछाडि छ । पराजित भिल्लारियलको समान खेलबाट ५४ अंक छ र तालिकाको पाँचौ स्थानमा यथावत छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय