scheduleसोमवार श्रावण २६ गते, २०७७

३२ देशका २३९ वैज्ञानिक भन्छन्- हावाबाट पनि फैलिन्छ कोरोना, डब्ल्यूएचओ गम्भीर भएन

वासिङ्गटन, २२ असार । संसारमा कोरोना भाइरसबाट १ करोड १४ लाख ७१ हजार ४४ जना मानिस संक्रमित भएका छन् । यीमध्ये ६४ लाख ८९ हजार ४२२ बिरामी ठिक भइसकेका छन् ।

५ लाख ३५ हजार ९० मानिसको मृत्यू भइसकेको छ । यसैबीच ३२ देशका २३९ जना वैज्ञानिकहरुले कोरोना महामारीलाई लिएर एउटा खुला पत्र लेखेका छन् । उनीहरुले कोरोना भाइरस हावाबाट पनि फैलने दावी गरेका छन् ।

वैज्ञानिकहरुले हावाबाट कोरोना फैलने क्रम पहिलाभन्दा बढेको स्पष्ट पार्दै यसलाई पनि विश्व स्वास्थ्य संगठनले सचेतनाको निर्देशिकामा समावेश गर्नुपर्नेमा जोड दिएको वासिङ्गटन पोस्टमा खबर प्रकाशित छ ।

अहिलेसम्म विश्व स्वास्थ्य संगठनले सामाजिक दूरी कायम गर्ने र हात धुने कुरालाई बढी प्राथमिकतामा राखेर प्रचार गरिरहेका छन् ।

उनीहरुले विश्व स्वास्थ्य संगठन यसबारे गम्भीर नभएको आरोप पनि लगाएका छन् । संगठनले आफूले सर्कुलर गरेको गाइडलाइनमा यसबारे कुनै पनि कुरा उल्लेख नगरेको वैज्ञानिकहरुले खुलापत्रमा उल्लेख गरेका छन् ।

यसरी नै, संगठनले संक्रमितको उपचारको लागि हाइड्रोक्सीक्लोरोक्वीनको ट्रायल बन्द गर्ने घोषणा पनि गरेको छ ।  संगठनले अस्पताल भर्ना भएका संक्रमितका लागि परीक्षण गरिएको भए पनि घरमा रहेका संक्रमितसँग यसको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ ।

यो परीक्षणलाई अनुगमन गर्ने अन्तर्राष्ट्रिय समितिले उक्त परीक्षणलाई रोक्न सिफारिस गरेको हो । यसलाई संगठनले पनि मानेको हो ।

संगठनका अनुसार, तथ्यांकहरुले हाइड्रोक्सीक्लोरोक्विनको प्रयोगबाटद अस्पतालमा भर्ना भएका कोरोना संक्रमित बिरामीको मृत्यूदरमा कुनै पनि कमि आएको छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय