scheduleबुधवार श्रावण २१ गते, २०७७

वरिष्ठ नेता माधव नेपाल र चिनियाँ राजदुतबीच भेटवार्ता

काठमाडौँ, २२ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद चरमोत्कर्षमा रहेको छ । यो भाँडभैलो थामिने नाम नलिइरहँदा चिनियाँ राजदूत होउ यान्छीको सक्रियता भने बढेको छ । उनले नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता भएको छ ।

नेकपा फुटको संघारमा पुगेको बखत नेकपाका विदेश विभाग प्रमुख माधव कुमार नेपाल र राजदूत होउबीच छलफल भएको हो । चिनियाँ राजदुतले नेपालकै निवास कोटेश्वरमा नै गएर भेटवार्ता गरेकी हुन् ।

यसअघि पनि नेकपामा विवाद चर्किएपछि उनको व्यापक सक्रियता देखिएको थियो । भारतीय मिडियाले उनको सक्रियतालाई लिएर व्यापक आलोचना समेत गरेका थिए । यहाँ सम्मकी नेपालको सरकार चिनियाँ राजदुतबाट परिचालित रहेको आरोप समेत लगाएका थिए ।

चिनियाँ राजदूत र नेता नेपालबीच भेट भएको नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका हुन् ।

उनीहरुबीच भएको छलफलको विषयबारे भने प्रतिक्रिया बाहिर आएको छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय