scheduleबुधवार श्रावण २१ गते, २०७७

जब आफ्नै शोमा ट्रोल भए करण……..

एजेन्सी, २२ असार । यतिबेला बलिउडमा नातावादको बहस जारी नै रहेको छ । विभिन्न फिल्म निर्माता तथा कलाकाररुलाई यही विषय बनाएर निशाना साँधिएको छ । विशेषगरी करण जोहरको टिभी शो कफी विथ करण कै विभिन्न भिडियोहरु भाइरल भइरहेका छन् जसमा अन्य कलाकारहरुलाई लक्षित गरी व्यंग्य गरिएको देख्न सकिन्छ ।

तर उक्त शोमा यस्ता क्षणहरु पनि छन् जुनबेला अतिथिहरुले नै करणलाई र्याख-र्याख पारेका हुन्छन् ।

करण जोहर र नायिका कंगना रनाउतको चिसोपन त सबैलाई थाहा नै होला । कंगनाले करणलाई मूभी माफियासम्म भनेकी छन् । उनले खुलेआम रुपमा करणले नातावादलाई बढावा दिएको आरोप लगाएकी छन् ।

अभिनेत्री कोंकणा सेन शर्मा पनि करणको ट्रोल गर्न पछि परिनन् । करणले कार्यक्रममा एक प्रश्न सोधेका थिए, ‘बलिउडको सबैभन्दा ओभररेटेड अभिनेता को हो ?’ यसको जवाफमा कोंकना ले भनिन्, ‘दिलवाले दुल्हनियामा करण जोहर।’ उक्त चलचित्रमा करण जोहर केमियो भूमिकामा थिए ।

त्यसैगरी शोमा करणले बलिउडमा कसले अभिनयको क्र्यास कोर्स गर्न जरुरी छ भनी प्रश्न गर्दा अभिनेत्री काजोलले करण जोहरको नाम लिएकी थिइन् ।

बलिउडका मिस्टर पर्फेक्शनिस्ट आमिर खानले पनि करण जोहरको बोली बन्द गराएका थिए । शो का क्रममा करणले आमिरलाई सोधे, ‘बलिउडमा यस्तो कुन कुरा छ जुन तपाईलाई मन पर्दैन ?’ जवाफमा आमिरले ‘तपाइको शो’ भनेर जवाफ दिएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय