scheduleआइतवार श्रावण २५ गते, २०७७

मानवमा सर्ने अर्को रोग देखिएपछि चीनमा अलर्ट जारी

एजेन्सी, २२ असार । उत्तरी चीनको एक अस्पतालमा आइतबार ब्यूबनिक प्लेग नामक रोगको एक संदिग्ध भेटिएपछि प्रशासनले अलर्ट जारी गरेको छ ।

पिपुल्स डेली अनलाइनका अनुसार मंगोलियको आन्तरिक स्वायत्त क्षेत्र, ब्यानुरमा सो रोगको रोकथाम र नियन्त्रणका लागि तेस्रो स्तरको चेतावनी दिइएको छ । स्थानीय स्वास्थ्य विभागले २०२० को अन्तसम्मका लागि सो चेतावनी जारी गरेको छ ।

स्थानीय स्वास्थ्य अधिकारीहरुले यो समयमा शहरमा मानव प्लेग महामारी फैलावटको डर भएको बताउँदै जनताको आत्मनिर्भरताको लागि जागरूकता र क्षमता बढाउने र सम्भावित स्वास्थ्य स्थानहरूको बारेमा द्रुत जानकारी दिइनुपर्ने भनेका छन् ।

यो रोग के हो र कसरी फैलन्छ ?

ब्यूबनिक प्लेगलाई ‘गिल्टीवाला प्लेग’ पनि भनिन्छ । यसबाट संक्रमित भएका व्यक्तिको शरीरमा असह्य पीडा भई उच्च ज्वरो आउने र नाडीको गति बढ्ने गर्दछ । दुई साताभित्र संक्रमणको असर उत्कर्षमा पुग्ने र त्यसपछि दुखाइको मात्रा अझ बढ्ने गर्दछ ।

प्लेग पहिलो चोटि मुसामा भेटिन्छ र मुसाको मृत्युपछि प्लेगको जीवाणुहरूले भरिएको उपियाँले जब  मानिसलाई टोक्दछ,  त्यस भित्र भएको संक्रामक तरल पदार्थ मानिसको रगतमा मिसिन्छ, जसले मानिसमा संक्रमण हुन्छ।

सरल रुपमा भन्नुपर्दा मुसाको मृत्यु भएको दुईदेखि तीन हप्ताभित्रमा मानिसमा यसको संक्रमण देखा पर्ने गर्दछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय