scheduleबुधवार श्रावण २१ गते, २०७७

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, २२ असार । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लोपटक जारी गरेको विज्ञप्तिअनुसार नयाँ संक्रमण पुष्टि हुनेमा लमजुङका ११ जना, बाग्लुङका ५ जना र कास्कीका १ जना छन् ।

योसँगै प्रदेशभर कुल संक्रमितको संख्या १११३ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा लमजुङको बेशीसहर र सुन्दरबजारका ३-३ जना पुरुष, क्वालासोथरका २ जना पुरुष र राइनास, दोर्दी र मध्यनेपालका १-१ जना पुरुष छन् ।

त्यसैगरी कास्कीको पोखरा महानगरपालिकाका १ जना महिलामा पनि संक्रमण भेटिएको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा बाग्लुङको बडीगाड र काठेखोलाका २-२ जना पुरुष र ढोरपाटनको एकजना महिलामा संक्रमण पुष्टि भएको छ ।

प्रदेशभर हालसम्म २९८ जना कोरोना जितेर घर फर्किएका छन् भने ४ जनाको संक्रमणका कारण ज्यान गएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय