scheduleबुधवार श्रावण २८ गते, २०७७

काठमाडौं उपत्यकामा थपिए ५४ जना संक्रमित

 

काठमाडौं, २२ असार । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन् ।

उनका अनुसार गत २४ घण्टामा काठमाडौंमा २४ जना, ललितपुरमा २० जना र भक्तपुरमा १० जना गरी उपत्यकामा ५४ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी काठमाडौं उपत्यकामा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको छ वा छैन भनी परीक्षण गर्नका लागि विभिन्न स्थानबाट स्वाब संकलन गरिएको पनि उनले बताए । उनले भने, ‘परीक्षणका क्रममा १० ठाउँमध्ये तीनकुने र नख्खुटोलका २२८ जना व्यक्तिहरुको नतिजा नेगेटिभ देखिएको छ ।’

यसैगरी अन्य ठाउँबाट पनि परीक्षणको नतिजा आउने क्रम जारी रहेको समेत उनले जनाए ।

नेपालमा आज पाँच सातायताकै कम संक्रमित भेटिएकामा आजको उच्च संख्या नै काठमाडौंको रहेको थियो ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय