scheduleआइतवार श्रावण २५ गते, २०७७

किन हङकङ छाड्न चाहन्छन् अधिकांश हङकङवासी ?

डेविड डोडवेल

गत अक्टोबरमा चिनियाँ विश्वविद्यालयले गरेको आप्रवासन दृष्टिकोणबारेको वार्षिक सर्वेक्षण प्रतिवेदनले ४२.३ प्रतिशत हङकङवासी विशेषतः क्यानडा, अष्ट्रेलिया वा ताइवान बसाइ सर्न चाहन्छन् भन्ने देखाएको थियो । अघिल्लो वर्षको ठीक यस्तै सर्वेक्षणमा यस्तो दर ३३ प्रतिशत मात्र थियो । अक्टोबरदेखि यताको अवस्था सबैलाई थाहै छ । यस्तो संख्या अझ बढेको हुनुपर्छ भन्ने अनुमान गर्न कुनै गाह्रो छैन ।

त्यहीमाथि बेइजिङले दशकौं लामो विरोध र प्रतिवादको बीच राष्ट्रिय सुरक्षा ऐन लाद्ने निर्णय गर्‍यो । बेलायतले हङकङवासीलाई ब्रिटिस नेशनल ओभरसिज पासपोर्ट दिन सकिने प्रावधान ल्यायो । ३ लाख बढीले त्यस्तो पासपोर्ट लिइसकेको बताइन्छ भने न्युनतम् २५ लाखले यस्तो पासपोर्ट लिन सक्नेछन् ।

धेरैजसो अन्तर्राष्ट्रिय मिडियाले चीनले भर्खरै लादेको राष्ट्रिय सुरक्षा कानुनलाई मुख्य कारण माने पनि त्यसमा कमै सत्यता देखिन्छ । यो ऐन लादिनुअगाडि नै हङकङवासीले हङकङ छोड्न चाहेको सर्वेक्षणले देखाउँछ ।

सर्वेक्षणमा २८ प्रतिशत हङकङवासीले सुरक्षा काुनन वा साम्यवादी शासन प्रणालीबाट शासित हुनुपर्ने भयले हैन, बढ्दो राजनीतिक तनाव र सामाजिक विभाजनको कारण हङकङ छोड्न चाहेको बताएका थिए । हङकङवासी हङकङलाई चीनले खासै महत्व नदिएको, मूलभूमिले हङकङलाई वेवास्ता गरेको, हङकङवासीको मनोभावनालाई बेइजिङले बुझ्न नसकेको ठान्दछन् नै, तर यसको कारण कम्युनिष्ट शासन नभएर उपनिवेशवादी सोचलाई मान्दछन् ।

डेविड डोडवेल

सन् १९५० को दशकमा चीनमा माओ त्से तुङको कम्युनिष्ट पार्टीले सत्ताकब्जा गर्दा अधिकांश हङकङवासी मिङ ताङका समर्थक थिए । सन् १९८४ को चीन–युके संयुक्त घोषणापछि हङकङ फेरि चीनको सार्वभौमसत्ता अन्तर्गत त आयो तर सन् १९८९ को तेन मियान चोक घटनाले हङकङवासीलाई नराम्ररी आतंकित बनायो ।

सन् १९९२ हङकङवासीले सबैभन्दा धेरै हङकङ छोडेको बर्ष हो । त्यो बर्ष ६६ हज्जारले हङकङ छोडेका थिए । तीमध्ये अधिकांश क्यानडा बसाइ सरेका थिए । तर त्यसपछिका बर्ष केही फेरि हङकङ फर्किए । आज हङकङको जुन जनसंख्या छ त्यो जन्म र मृत्युको कारणले भन्दा बढी बसाइ आउने र जाने प्रक्रियाले निर्धारण गरेको छ ।

कोरानाको महाव्याधीले आर्थिक संकट अनुभूति गरी मानिसले हङकङ छोड्न चाहेका हुन् भनेर निष्कर्ष निकाल्ने बेला भइसकेको छैन । हङकङवासीहरु हङकङमा निराश हुँदै जानुको मुख्य कारण निरन्तरको राजनीतिक प्रदर्शन र अनिश्चित भविष्यलाई मान्न सकिन्छ ।

मूलभूमिले ल्याएको नयाँ कानुनपछि मान्छेको भय अवश्य बढ्नेछ । त्यसले हङकङको स्वायत्ततालाई खुम्च्याउँछ साथै हङकङवासीले अनपेक्षित कानुनी झमेलाहरु सामना गर्नुपर्ने हुन्छ ।

बेलायत सरकारको हङकङवासीप्रतिको चासो र लगावका बाबजुद हङकङवासीको पहिलो रोजाइमा बेलायत देखिँदैन । हङकङवासीको मुख्य रोजाइ क्यानडा र टोरन्टो बनेको छ । क्यानडा फर्किएकाहरु धेरैजसो क्यानेडा मूलकै हङकङवासी थिए । बितेको दुई दशकमा करिब ३ लाख क्यानेडियालीहरु हङकङबाट फर्किसकेका छन् । सन् २०१९ को अन्तिममा मात्र ५० हज्जारले फिर्ता हुन कानुनी प्रक्रिया शुरुवात गरेका थिए । डिसेम्बरमा मात्र २० हज्जार निवेदन परेको थियो ।

हङकङवासीको दोस्रो रोजाइमा अष्ट्रेलिया छ । हङकङ चीनमा फर्किएसँगै हङकङको अन्तर्राष्ट्रिय वित्तीय केन्द्रको भूमिका घट्दो छ । भूमण्डलीकृत व्यवसाय र रोजगारमा संलग्नहरुले हङकङलाई अनाकर्षक देख्न थाल्नु स्वभाविकै हो ।

साम्यवादको भय र लोकतन्त्रको अभाव हङकङ छोडिनुको कारण नै हैन भन्न सकिन्न । तर यो भन्दा ठूलो कारण चाहिँ राजनीतिक तनाव, हङकङको आर्थिक महत्वमा ह्रास र आफ्ना बालबच्चाको भविष्यको चिन्ता नै मुख्य हो ।

(द साउथ चाइना मर्निङ पोष्ट बाट )

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय