scheduleआइतवार श्रावण २५ गते, २०७७

इनफ इज इनफ र सरकारी वार्ता सकरात्मक, ११ दिनको सत्याग्रह आजै तोडिने !

काठमाडौं, २२ असार । ‘इनफ इज इनफ’अभियानका प्रतिनिधि र सरकारी अधिकारीबीच सोमबार भएको वार्ता सफलताउन्मुख भएको छ । स्वास्थ्य मन्त्रालयबाट वार्तामा सहभागी एक अधिकारीका अनुसार सोमबार साँझ दुई पक्षबीच भएको सहमतिमा सरकारी अधिकारीहरुले हस्ताक्षर गरिसकेका छन् ।

अहिले अनसन स्थलमा फेरिएको अस्पतालमा रहेका सत्याग्रहीहरु ईः र पुकार बमलाई सहमति गराएर अनसन तोड्न वार्ता टोली अस्पताल प्रस्थान गरेको छ । सत्याग्रहको ११ औं दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको वार्तामा सरकारले शतप्रतिशत पिसिआर परीक्षण गर्न सहमति जनाएको वार्तामा सहभागी एक सरकारी प्रतिनिधिले जानकारी दिए ।

‘वार्ता सफल भएको छ । सम्भवतः आजै अनशन तोडिन्छ,’ अभियानका वार्ता टोलीका एक प्रतिनिधिले भने, ‘सहमतिमा दुईजना अधिकारीहरुले हस्ताक्षर गरिसके । अब सत्याग्रहीले हस्ताक्षर गरेपछि अनशन तोडिन्छ ।’

ती प्रतिनिधिका अनुसार ४८ घण्टाभित्र सरकारले जारी गरेको क्वारेन्टाइन र पिसिआरको प्रोटोकललाई संशोधन गर्न सरकारी पक्ष सहमत भएको छ । अहिलेसम्म अदालतले दिएका कोभिड-१९ सम्बन्धि आदेशहरु एक साताभित्र कार्यान्वयन गर्न पनि सरकार तयार भएको छ ।

सरकारी पक्षले सामुदायिक तहमा बाहेक वैयक्तिकरुपमा कोरोना संक्रमण थाहा पाउन शतप्रतिशत पिसिआर परीक्षण गर्न सहमति जनाएको छ । योसँगै अब मुलुकमा शतप्रतिशत पिसिआर विधिबाट कोरोना परीक्षण हुनेछ ।

त्यसैगरी, अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीलाई बिमा रकम थप गर्न पनि सरकारी पक्ष सहमत भएको छ ।

सत्याग्रह लम्बिँदै जाँदा स्वास्थ्य अवस्था नाजुक भएपछि सत्याग्रहीहरु अहिले ह्याम्स अस्पतालमा भर्ना गरिएका छन् । उनीहरुले अस्पतालमा पनि सत्याग्रहलाई जारी राखेका छन् ।

सोमबार बिहानैदेखि मन्त्रालयका पदाधिकारी र अभियानका प्रतिनिधिबीच चरणचरणमा वार्ता भएको थियो ।

सरकारले कोभिड १९ विरुद्धको प्रतिकार्य प्रभावकारी ढंगले चलाउन नसकेको, पीसीआर परीक्षण बढाउनु पर्नेलगायत माग राखी उनीहरु पाटन दरबार स्क्वायरमा अनशन बसेका थिए । स्वास्थ्यस्थिति बिग्रिएपछि अस्पताल पुर्‍याइएका उनीहरुले अस्पतालमै अनशनलाई निरन्तरता दिएका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय