scheduleशुक्रवार श्रावण २३ गते, २०७७

ललिता निवास प्रकरणमा ३२ करोड बिगो ताेकिएका अधिकृत ३ लाख धरौटीमा रिहा

२२ असार, काठमाडौं । बालुवाटारमा रहेकाे ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका एक अधिकृत ३ लाख धराैटीमा रिहा भएका छन् ।

सर्वोच्चका न्यायाधीशद्वय इश्वरबहादुर खतिवडा र टंकबहादुर मोक्तानको संयुक्त इजलाशले मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन शाखा अधिकृत कृष्णप्रसाद पौडेललाई धरौटीमा छाड्न आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको भन्दै पौडेल विरुद्ध ३२ करोड १९ लाख २० हजार रुपैयाँ बिगो माग र ८ देखि १० वर्ष कैद मागदाबी गरेको थियाे ।

विशेष अदालतले पनि चैत पहिलो साता उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तर शाखा अधिकृत पौडेलले जेठ २३ गते रिहा हुनुपर्ने मागसहित सर्वोच्चमा निवेदन दर्ता गराएका थिए ।

अख्तियारले यसअघि ललिता निवासले चर्चेको २ सय ९९ रोपनी मध्ये १ सय १४ रोपनी जग्गा हिनामिना गरेको आरोपमा तीन पूर्व मन्त्री र तीन पूर्व सचिव सहित १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय