scheduleबिहिवार श्रावण २९ गते, २०७७

भारतमा शेयरइटको विकल्पमा नयाँ एप

एजेन्सी, २३ असार । भारत सरकारद्वारा चिनियाँ ५९ वटा एपलाई प्रतिबन्ध लगाएसँगै ती एपहरुको विकल्पमा नयाँ एपको निर्माण भईरहेको छ । त्यस्तै काश्मिरको एक विद्यार्थीले शेयर इटको विकल्पमा अल्टरनेटिभ फाइल शेयरिङ्ग नयाँ एप बनाएको छ ।

यसलाई गुगल प्ले स्टोरमा सार्वजनिक गरेको छ । जसलाई ५ मध्ये ४.८ रेटिङ्ग समेत मिलिसकेको छ । यसलाई ५ हजारभन्दा बढीले डाउनलोड गरिसकेको छन् ।

यो एपलाई टीपू सुल्तान वानीले बनाएको हुन् । उनी काश्मीरको बडगाम जिल्लाका निवासी हुन् । उनले यो एपको नाम टराभ्जर वानी राखेका छन् ।

काश्मीरको न्यूज पोर्टल अनुसार यो एप शेयर इट भन्दा धेरै गुणा बढी स्पीड रहेको छ । यसलाई जति संख्यामा समेत ट्रान्भर गर्न मिल्छ । उनका अनुसार यो एपलाई विना कुनै प्रचार–प्रसार निर्माण गरिएको हो ।

यसको प्रयोग चलचित्र, डकुमेन्ट तथा अडियो शेयर गर्नलाई बनाएको छ । गुगल प्ले स्टोरमा यसको आकार ५.३ एमबी रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय